अन्तर्वार्ता

लाइसेन्स लिनेभन्दा विदेश जाने डाक्टर बढी, स्वास्थ्य प्रणालीमै खतराको घन्टी

२३ असार, काठमाडौं । नेपालमा उत्पादन भएका चिकित्सकलाई देशमै टिकाउन नसक्ने अवस्थामा राज्य पुगेको सरकारी तथ्यांकले उजागर गरेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले चिकित्सक पलायन भयावह बन्दै गएको देखाएको हो ।

सन् २०२५ मा नेपालमा चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिने चिकित्सकभन्दा विदेश जान आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ क्यारेक्टर सर्टिफिकेट) लिने चिकित्सकको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।

चिकित्सा शिक्षा अध्ययन पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलबाट प्रत्येक वर्ष करिब दुई हजार चिकित्सकले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरेका छन् । तर गत वर्ष नेपालमै सेवा गर्ने उद्देश्यले लाइसेन्स लिनेभन्दा विदेश जाने तयारीमा काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिने रहेका चिकित्सकको संख्या उल्लेख्य देखिएको छ ।

यसले नेपालमा चिकित्सक उत्पादन बढे पनि उनीहरूलाई देशमै टिकाउन राज्य पूर्ण रूपमा असफल भएको देखाउँछ ।