अन्तर्वार्ता

देउवा दम्पतीले कहाँबाट लेख्दैछन् खुसुखुसु इमेल ?

४ असार, काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भएको भ्रष्टाचार विषयमा बयान लिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई म्याद तामेली गर्‍यो । त्यस लगत्तै आरजुले अख्तियारलाई इमेल लेखिन् ।

अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आईडीमा मेल आएको छ । जहाँ उनले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरेकी छिन् ।