अन्तर्वार्ता
पासपोर्ट ठेक्कामा अख्तियार : पहिले ग्रिन सिग्नल दियो, अहिले आफैं मुद्दा लग्यो
२१ असार, काठमाडौं । पासपोर्ट ठेक्का लगाउने बेला गतवर्ष राहदानी विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सुरुमै छलफल गरेको देखिएको छ । ठेक्का प्रक्रियामा आउनेसक्ने सम्भावित विवाद र त्यसबाट उठ्न सक्ने प्रश्नबारे पहिले नै विभागका अधिकारीहरूले अख्तियारको मनसाय बुझ्न छलफल गरेका थिए ।
राहदानी विभागका कर्मचारीहरूले ठेक्का प्रक्रिया अघि बढ्नुअघि अख्तियारमा पुगेर प्रमुख आयुक्त प्रेमकुमार राई सहित अरू आयुक्तहरूसँग पटकपटक छलफल गरेरका थिए ।